logo
२०८३ भाद्र १९, शुक्रबार |
📰
🔍

त्रिशूली–३ ए सुरुङमा उद्धार जारी, २० मिटरभित्र प्रवेश

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ भाद्र १८, बिहिबार
त्रिशूली–३ ए सुरुङमा उद्धार जारी, २० मिटरभित्र प्रवेश

रसुवा / रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको केबल डक्ट टनेलमा फसेको हुन सक्ने व्यक्तिको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोलीसहित ९३ जनाको उद्धार टोली पाँचवटा एक्स्काभेटर, कम्प्रेसर र ब्रेकर प्रयोग गर्दै सुरुङको मुखमा थुप्रिएको डेब्रिस हटाउन जुटिरहेको छ।

रातदिनको निरन्तर प्रयासपछि सुरुङको मुख करिब ३ फिटसम्म खुलाइएको छ भने उद्धार टोली १५–२० मिटरभित्र प्रवेश गरिसकेको छ। यद्यपि एक्स्काभेटर तथा अन्य मेसिन सुरुङभित्र लैजान मुख पूर्ण रूपमा खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम जारी छ। सुरुङमा रहेका थप सात ठूला बोल्डर ब्लास्टिङका लागि तयारी अवस्थामा राखिएको छ।

करिब १७० मिटर लामो सुरुङ माटो र लेदोले भरिएकाले त्यसलाई पूर्ण रूपमा छिचोलेपछि मात्रै पावरहाउससहितका अन्य संरचनामा पुग्न सकिनेछ।