logo
२०८३ भाद्र २१, आईतबार |
📰
🔍

रसुवा बाढी : माइकिङ गर्दै २५ प्रहरी बेपत्ता, गृह मन्त्रालयले भन्यो– ‘९:१५ मै मोबाइल Alert पठाएका थियौँ’

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ भाद्र २१, आईतबार
रसुवा बाढी : माइकिङ गर्दै २५ प्रहरी बेपत्ता, गृह मन्त्रालयले भन्यो– ‘९:१५ मै मोबाइल Alert पठाएका थियौँ’

रसुवा / रसुवामा आएको विनाशकारी बाढीका क्रममा प्रहरीले समयमै सूचना नदिएको भन्ने प्रश्न उठिरहेका बेला गृह मन्त्रालयले बाढीको जोखिमबारे बिहान ९:१५ बजे नै मोबाइलमा Alert पठाइएको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा नागरिकलाई सचेत गराउन माइकिङ गर्ने क्रममा २५ जना प्रहरी बेपत्ता भएका छन्।

गृह मन्त्रालयका अनुसार हालसम्म बेपत्ता प्रहरीमध्ये तीन जनाको मात्रै पहिचान खुलेको छ भने अन्य २५ जना अझै सम्पर्कविहीन छन्। जोखिमको पर्वाह नगरी नागरिकलाई सचेत गराउने क्रममा बेपत्ता भएका प्रहरीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

बेपत्ता प्रहरीहरूको विवरण :

१. मदनराज स्याङ्बो — अस्थायी प्रहरी पोस्ट, मैलुङ
२. समबहादुर थापा — इलाका प्रहरी कार्यालय, टिमुरे
३. विनोद अधिकारी — प्रहरी चौकी, स्याप्रुबेँसी
४. सुरथ गिरी — प्रहरी चौकी, रसुवागढी
५. श्रवणकुमार यादव — इलाका प्रहरी कार्यालय, टिमुरे
६. नरेन्द्रप्रसाद भट्ट — इलाका प्रहरी कार्यालय, टिमुरे
७. नवीनकुमार सिंह — अस्थायी प्रहरी पोस्ट, मैलुङ
८. केशवराज चालिसे — अस्थायी प्रहरी पोस्ट, मैलुङ
९. विकास बाबु अधिकारी — प्रहरी चौकी, रसुवागढी
१०. सनकुमार तामाङ — इलाका प्रहरी कार्यालय, टिमुरे
११. निर्मल लामा तामाङ — इलाका प्रहरी कार्यालय, टिमुरे
१२. हरेन्द्र यादव — प्रहरी चौकी, स्याप्रुबेँसी
१३. हिकमत महरा — प्रहरी चौकी, रसुवागढी
१४. सम्राट शेर्पा — इलाका प्रहरी कार्यालय, टिमुरे
१५. कृष्णा बुढामगर — इलाका प्रहरी कार्यालय, टिमुरे
१६. सन्तराम थारु — इलाका प्रहरी कार्यालय, टिमुरे
१७. कर्ण गुरुङ — प्रहरी चौकी, स्याप्रुबेँसी
१८. डिलबहादुर मगर — अस्थायी प्रहरी पोस्ट, मैलुङ
१९. आषिश गडरिया — अस्थायी प्रहरी पोस्ट, मैलुङ
२०. मिलन श्रेष्ठ — प्रहरी चौकी, रसुवागढी
२१. अनिल थारु — प्रहरी चौकी, रसुवागढी
२२. सन्दीप भर — प्रहरी चौकी, रसुवागढी
२३. ओमबहादुर सिजाली थापामगर — प्रहरी चौकी, रसुवागढी
२४. राजेन्द्र महतरा — प्रहरी चौकी, रसुवागढी
२५. सुशील तामाङ — प्रहरी चौकी, हाकु

नागरिकलाई सुरक्षित राख्न माइकिङ गर्दै जोखिममा परेका ती सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गर्दै उनीहरूको शीघ्र खोजी तथा उद्धारको कामना गरिएको छ।