logo
२०८३ भाद्र २४, बुधबार |
📰
🔍

सिराहामा डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ भाद्र २४, बुधबार
सिराहामा डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद

सिराहा / सशस्त्र प्रहरी बल सिराहाले डेढ क्विन्टलभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाबाट खटिएको गस्ती टोलीले औरही गाउँपालिका–४, इटाटारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट १ क्विन्टल ५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार गएराति करिब १ः३५ बजे नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेका व्यक्तिहरूले प्रहरी टोलीलाई देखेपछि गाँजाका पोका छाडेर फरार भएका थिए।

प्लास्टिकमा प्याक गरी कपडाले बाँधिएका आठ वटा पोकामा रहेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद लागुऔषध आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।