प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र २९, सोमबार
काठमाडौं / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिनबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन नेपाल बैंकर्स संघलाई अनुरोध गरेको छ।
हाल अधिकांश एटीएमबाट १ हजार र ५०० रुपैयाँका नोट मात्र वितरण हुँदै आएकोमा सर्वसाधारणको सुविधा र नजिकिँदो बडादशैंमा बैंकहरूमा हुने भीड कम गर्न १०० रुपैयाँका नोट पनि एटीएमबाट उपलब्ध गराउन राष्ट्र बैंकले आग्रह गरेको हो।
राष्ट्र बैंकका अनुसार एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न प्राविधिक रूपमा सम्भव रहेको छ।