logo
२०८३ भाद्र ३०, मंगलबार |
📰
🔍

गणेश चौथीका दिन चोरेको पाप लाग्दैन भन्ने किम्दन्ती

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ भाद्र ३०, मंगलबार
गणेश चौथीका दिन चोरेको पाप लाग्दैन भन्ने किम्दन्ती

तीजको सन्दर्भ आउने बित्तिकै सधैँ चौथीको याद आउँछ । हरेक वर्ष एउटै पाेष्ट दाेहाेर्यानुको तात्पर्य आजका किशोरकिशोरीका लागि पुर्णताजकीको प्रयास मात्र हो । केटाकेटी बेलामा एउटा भुईंकटहर,काक्रो ,फर्सी लागायतका बस्तुहरु चौथी हानेको प्रसंग हामीले कहिल्यै बिर्सन सक्दिनँ । अँध्यारो भइसकेको हुन्छ , टर्च बालेर जाँदा अरुले देख्लान् भनेर साथि संगिहरु मिलेर नजिकैको छिमेकीहरुको घर,आगन ,गोठ ,रछ्यान मा फलेका फलफुल हुन या अन्य उत्पादनका बारेमा प्रयोग हुने गतिविधिले सामाजिक अपनत्व झल्कनु आफैमा एउटा गहन र सद्भाव पक्षका लिनु पर्छ । त्यहाँ धेरै फलफूल मध्ये एउटा पाकेको दिउँसै याद गरेको हुन्छ । पाकेको चोर्ने हाम्रो योजना हुन्छ ।

फलफुल टिप्यौं तर त्यो काँचो वा पाकेको थाहा हुन्न । पत्ता लगाउने कला आ-आफ्नै हुन्छ ! सुँघेर हेर वा अन्य कुनै पक्षबाट उपयुक्त छ छैन आदि , पाकेको भए बास्ना आउँछ ! सुँघ्न थाल्दा अकस्मात आँखा हेर्नै नसक्ने पनि हुन सक्छ । त्यसको असर हप्तौंसम्म रहिरहन्छ समस्या पर्यो तर घरमा कसैलाई पनि वास्तविक कुरा भन्न पनि भएन , गाली गर्छन् भन्ने डर पनि उस्तै हुन्थ्यो !
गणेश चौथीका दिन चोरेको पाप लाग्दैन भनिन्छ । तर ढिलो चाँडो कर्मको फल पाइने रहेछ । परीक्षामा चिट चोरेको र कसैकाे मन चाेरेकाे बाहेक चार्डपर्वका नाममा गरिने राम्रा,नराम्रा कामहरुलाई आजका किशोरकिशोरीले परम्परा संस्कृती जोगाउन सक्यो भने मात्र अपनत्व जोगाउन सक्यो मात्र हामी जोगिन्छौं । बिकृतिको अन्त्य गरौं, तर संस्कृति बचाउनु प्रत्येक नागरिकको जिम्मेवारी ,दायित्व र कर्तव्य हुन आउछ भन्ने ठम्याई मेरो छ ।