logo
२०८३ भाद्र १४, आईतबार |
📰
🔍

अन्तिम पटक मुख हेर्ने धोकोबाट पिडितलाई बिमुख बनाउने छुट राज्यलाई छैन : प्रशासक निरौला

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ भाद्र १४, आईतबार
अन्तिम पटक मुख हेर्ने धोकोबाट पिडितलाई बिमुख बनाउने छुट राज्यलाई छैन : प्रशासक निरौला

प्राज्ञ एवं प्रशाशक कोशहरी निरौला लेख्नु हुन्छ –

हुनसक्छ म धेरै गा’ली खाउला । को’भिडको बेला थियो । म मोरङ्गको प्रमुख जिल्ला अधिकारी थिए । को’भिडले मानिसहरुको ज्या’न लिन शुरु गरिसकेको थियो । त्यसबेला को’भिड लागेर ज्यान जानु कति भया’वह थियो भनी साध्य नै छैन । म’रेको ला’स छुनु त पर जावस देख्नु पनि नहुने !! अस्पताल पुगेको मानिस कसरी म’र्छ, अनि कसरी सदगत् गरिन्छ ? केही थाहा नहुने । कडा प्रोटोकलसहित जङ्गलमा गा’ड्नु पर्ने । एकातिर आफन्तलाई म’र्यो भन्ने विश्वास गर्नसम्म गार्हो थियो, अर्कोतिर प्रशासनलाई प्रोटोकल बमोजिम सबै जुटाउन त्यत्तिकै सकस थियो । करिब १५ वटा जति ला’स यसै गरी व्यवस्थापन गरियो ।

यही वीचमा नेपाल विद्युत प्राधिकरणमा कार्यरत एकजना कर्मचारी बि’त्नु भयो । उहाँको सद्गत पनि त्यही प्रोटोकल बमोजिम गरिएको थियो । कर्मचारी भएकोले उहाँको आफन्तलाई भेट्न सुरक्षा निकायका प्रमुखसहित म पनि पुगें । उहाँको बुबाले सुनाएको “मेरो छोरो को भिड लक्षण देखिएर हिड्दै अस्पताल पुगेको थियो । म’र्यो कि मा’रियो, कसले भनिदिने ? उसको अनुहार मात्रै देख्न पाएको भए, हामी बितेछ भनेर चित्त बुझाउथ्यौ । जन्मे पछि म’र्छौ भन्ने थाहा सबैलाई छ । बिचराले रोग जित्न सकेन म’रेछ भन्थ्यौ । हाम्रो संस्कार अनुसार सके, मिले दा’गबत्ती दिन्थ्यौ नमिले परबाट माला चढाएर भए पनि अ’न्तिम अनुहार हेर्थ्यौ “ भनेको पी’डा, दुखेसो साँच्चै नै हृदयवि’दारक थियो । उहाँले गरेको यो दुखेसो यति पी’डादायी थियो कि म आफैले आफैलाई प्रश्न गरे, के म आफन्त गु’माउने मानिसका लागि यति काम पनि गर्न सक्दिन ? हामीले अवलम्बन गरेको यो अ’न्तिम संस्कार मानवीय संवेदनशीलताको हिसाबले कति सही छ ? प्रोटोकलका नाममा हामीले गरेको काम के साँच्चै मानवीय संवेदना नजीक छ ? म भोलि यसै गरी म’रे भने मेरो आफन्तले मेरो अनुहार पनि देख्न नपाउने हो ?

त्यहाँबाट फर्केपछि सुरक्षा निकायको बैठक बस्यौं । को’भिडबाट मृ’त्यु हुनेको अ’न्तिम संस्कारको जिम्मा नेपाली सेनाको थियो । सुरक्षा समितिबाट एउटा निर्णय गर्यौ । “घा’टमा बनाएको चि’तासम्म नेपाली सेनाले पुर्याउने र चि’तामा राखीदिने । चि’तालाई नछोइकन परबाट आफन्तले फुलमाला राख्न सक्ने र आ*गो लगाउन सक्ने” निर्णय गरेका थियौ । त्यसपछि को’भिडबाट मृ’त्यु भएका सबैको अ’न्तिम सं’स्कार त्यही अनुसार भयो । को’भिडबाट मृ’त्यु हुनेको दा’हसंस्कार यसरी गर्न दिने निर्णय मोरङ्गले सबै भन्दा पहिले गरेको थियो । को’भिड सकिने बेलासम्म सुनसरीका धेरै घा’टमा यसरी ज’लाउन समेत दिइएन तर मोरङ्गमा सहज भएकोले धरानमा बि’तेकालाई सम्म मोरङ्गमा ल्याएर दा’हसंस्कार गरिएको थियो । मानिसको मृ’त्युको भरपाई त कसले गर्न सक्छ र? तर पनि यसले हामीलाई गुमनाम रुपमा अ’न्तिम संस्कार गर्नु पर्ने झन्झट र बा’ध्यताबाट सहज बनायो भने आफन्तले अनुहारसमेत नदेखी आफ्ना आफन्त गु’माउदाको पी’डालाई अलिकति भए पनि कम गर्यो । मृ’त्यु संस्कार आफैमा मानवीय संवेदना र संस्कारसँग जोडिन्छ । यसलाई यति हतार गरेर नगा’डौ । आफन्त नभेटिए ६/७ महिना पछि जे गर्नु पर्छ, गरौला । मृ’तक वा परिवार गु’माएका, हराएका आफन्तले रसुवादेखि गण्डक ब्यारेजसम्म आफन्तको सास वा ला*स खोज्छन् । सबैले आफ्नो धर्म, परम्परा, रीतिरिवाज र संस्कार अनुसार अ’न्तिम संस्कार गर्छन् र गर्न पाउनु पर्छ । त्यहाँ नेपालीमात्रै छैनन्, विदेशी पनि छन् । उनीहरुका परिवारसमेत खोजतलास गर्दै आइपुग्नु हुन्छ । जो भए पनि तिनको आ’त्माको चीरशान्तिको कामना गरौं । कृपया संवेदनशील बनौं । चाहिने प्लास्टिक वा ठूला फ्रिजको व्यवस्था गरौं भन्दै थप्नु हुन्छ : ला*सलाई अन्याय नगरौं र आफन्तको भावनामा कुठाराधा’त पनि नगरौं ।