प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब रुपैयाँको एकमहिने निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान गरेको छ।
बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म १० करोडले निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।