प्रभातफेरी अनलाइन९ पटक पढिएको | १ घण्टा अघि
एजेन्सी / गाजा सहरको ताल अल–हवा क्षेत्रमा युद्धका क्रममा क्षतिग्रस्त भएको एउटा आवासीय भवन भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको र करिब १०० जना बेपत्ता रहेको जनाइएको छ। मृतकमध्ये पाँच बालबालिका रहेको बताइएको छ।
गाजाको नागरिक सुरक्षा निकायका अनुसार भवन यसअघि भएका इजरायली आक्रमणबाट संरचनागत रूपमा कमजोर बनेको थियो। उद्धार टोलीले भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखेको छ।
उद्धार अधिकारीहरूका अनुसार गाजामा हजारौँ मानिस क्षतिग्रस्त भवनमा बस्न बाध्य छन्, जहाँ सुरक्षित आवासको अभाव र पुनर्निर्माणका लागि आवश्यक सामग्रीको कमी रहेको बताइएको छ।