logo
२०८३ भाद्र ३१, बुधबार |
📰
🔍

चिलिमेमा ४ र अप्पर त्रिशूलीमा ५ शव भेटिए

प्रभातफेरी अनलाइन९ पटक पढिएको | ५१ मिनेट अघि
चिलिमेमा ४ र अप्पर त्रिशूलीमा ५ शव भेटिए

रसुवा / चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खनन्का क्रममा विद्युत् गृह क्षेत्रबाट तीनवटा सग्लो शव र एउटा मानव अङ्ग फेला परेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल विद्युत् प्राधिकरण र भारतीय सेनाको संयुक्त खोज तथा उद्धार टोलीले ती शव फेला पारेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिएका छन्।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् केन्द्रका भवन तथा पर्खाल बगाउनुका साथै सुरुङसमेत बन्द भएको थियो। बाढीका बेला केन्द्रमा एक इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगीसहित ६ जना कर्मचारी कार्यरत रहेको बताइएको छ।

यसैबीच, खोज तथा उद्धार टोलीले अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलबाट थप पाँच जनाको शव फेला पारेको छ। उत्तरगया–१ को दलदुङ खोलातर्फ करिब ८०० मिटरभित्र ती शव फेला परेको प्रहरीले जनाएको छ।