logo
२०८३ आश्विन २१, बुधबार |
☰
📰
🔍
✕

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

प्रभातफेरी अनलाइन३७ पटक पढिएको | २०८३ भाद्र ३१, बुधबार
यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडाैं / सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेकाे मन्त्रिपरिषद्को बैठकले सरकारी निर्णय प्रक्रियालाई थप सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यस्ता छन् निर्णय

– सरकारी निर्णय प्रक्रिया, सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ स्वीकृत गर्ने ।

– नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र, विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३ सय ६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने ।

– नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने ।

– साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा, क्षतिपूर्ति रकमसम्बन्धी कानुनी कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिई बीमा, क्षतिपूर्तिको प्रक्रिया अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने ।

– चक्रीय राहत कोष सञ्चालन कार्यविधि–२०८३ स्वीकृत गर्ने ।

– नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।