प्रभातफेरी अनलाइन२५ पटक पढिएको | २०८३ भाद्र ३१, बुधबार
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका छन्।
भेटका क्रममा राजदूत तोरुले बाढी तथा विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै जापान सरकारले नेपाललाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
भेटवार्तामा नेपाल–जापानबीचको आपसी सम्बन्ध तथा सहकार्यका विभिन्न विषयमा समेत छलफल भएको जनाइएको छ।