logo
२०८३ आश्विन १, बिहिबार |
📰
🔍

बाबु, सुरुङमा नहुनु… अक्सिजन सकिएर तड्पिनुभन्दा बाढीमै बग्थ्यौ कि?

प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
बाबु, सुरुङमा नहुनु… अक्सिजन सकिएर तड्पिनुभन्दा बाढीमै बग्थ्यौ कि?

रसुवागढीको अन्धकार सुरुङभित्र छोरा खोजिरहेका एक बाबुको करुण बिलौना

नुवाकोट / छोराको एउटा फोनको आशामा दिन गनिरहेका थिए, नेकपा नेता माधव लामिछाने। तर रसुवागढी जलविद्युत आयोजनाको त्यो अन्धकार सुरुङले उहाँको आशा पनि निलिदियो।

बाढी गएको दिनदेखि सम्पर्कविहीन जेठा छोरा समिर लामिछाने र उहाँका साथीहरुको यादमा तड्पिएका बाबु माधवले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसले अहिले सबैको आँखा रसाएको छ।

उहाँले लेखेका छन्, शब्दहरु पनि गल्तगल्ती हुँदै:

> “बाबु तिमीहरु चाहिँ सुरुङमा नहुनु ल…
> सुरुङमा हुनेहरूको मृ’त्यु कति पी’डादा’यी भयो होला।
> चिलिमेमा अहिलेसम्म ला_स बि’ग्रिएको नहुनुले भन्छ – मृ’त्यु भर्खर एक दुई दिन अगाडि भएको हो।
> सास फेर्न नसकेर त’ड्पी त’ड्पी हुने मृ_त्युभन्दा…
> बा’ढीमा सिधै परेको भइदियोस् मेरो बाबु समिर लामिछाने लगायतका साथीहरू।”

एक बाबुको यो भन्दा ठूलो पीडा के हुन्छ होला र?

आफ्नो सन्तान अक्सिजनको अभावमा घुटीएर मरोस् भन्ने भन्दा, बाढीको भेलमा एकैचोटी बगेर जाओस् भन्ने कामना गर्न बाध्य बनाउने यो पीडालाई के नाम दिने?

“सरकार, समयमै उ’द्धार गरेको भए…”

आक्रोश र पीडाका बिच लामिछानेले सरकारलाई पनि प्रश्न गरेका छन्।

“ल’फ’ङ्गाहरूको सरकारले सुरुदेखि सबै टनेलमा स्वदेशी विदेशी उ’द्धारकर्ता राखेर उ’द्धार गरेको भए यो पी’डाको दिन देख्नुपर्ने थिएन” भन्दै उनले राज्यसँग न्याय मागेका छन्।

रसुवागढीको सुरुङ अझै पनि मौन छ। भित्र कोही जीवित छन् कि भन्ने आशा र मृत्युकै पीडादायी अन्त्य भयो कि भन्ने डरका बिच दर्जनौं परिवारले दिन काटिरहेका छन्।

एक बाबुको यो बिलौनाले हामीलाई फेरि सम्झाएको छ – प्राकृतिक प्रकोप भन्दा ठूलो मानवीय लापरबाही हुन सक्छ।