logo
२०८३ आश्विन १, बिहिबार |
📰
🔍

होटल पौवाद्वारा दैवी प्रकोप उद्धार कोषमा ११ लाख सहयोग

प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
होटल पौवाद्वारा दैवी प्रकोप उद्धार कोषमा ११ लाख सहयोग

काठमाडौं / मुलुकभर शाखा सञ्चालन गर्दै आएको होटल पौवाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार संस्थाका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरूले समेत आफ्नो तर्फबाट रकम संकलन गरी उक्त सहयोग रकम जुटाएका हुन् ।

होटलका प्रतिनिधि तथा लायन्स विष्णु भण्डारीले सहयोग रकम ठूलो नभए पनि विपद्को समयमा प्रभावित नागरिकलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे । उनले आफूहरू आबद्ध लायन्स इन्टरनेसनलमार्फत पनि भोटेकोशी बाढी प्रभावित नागरिकका लागि सक्दो सहयोग गरिरहेको बताए ।

उनले विपद्बाट प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापनाका लागि राज्यले आवश्यक कार्यक्रम तत्काल अघि बढाउने अपेक्षासमेत व्यक्त गरे ।