logo
२०८३ आश्विन २, शुक्रबार |
📰
🔍

पाँच समस्याग्रस्त सहकारीका १३५ साना बचतकर्ताको रकम फिर्ता

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ आश्विन २, शुक्रबार
पाँच समस्याग्रस्त सहकारीका १३५ साना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ / समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।

समितिका अनुसार शिवशिखर सहकारीका ५७, कान्तिपुरका ५२, ओरिन्टल को–अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना बचतकर्ताको रकम फिर्ता गरिएको हो।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ।

पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिएको र आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः अन्य बचतकर्ताको रकम पनि फिर्ता गरिने समितिले जनाएको छ।