logo
२०८३ आश्विन २, शुक्रबार |
📰
🔍

संविधानका आधारभूत संरचनामाथि प्रहारले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्छ : वर्षमान पुन

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ आश्विन २, शुक्रबार
संविधानका आधारभूत संरचनामाथि प्रहारले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्छ : वर्षमान पुन

काठमाडौँ / नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार वा संविधान पुनर्लेखनको प्रयासले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने बताएका छन्।

काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशक: अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै पुनले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायलाई संविधानका आधारभूत संरचनाका रूपमा व्याख्या गरे।

उनले बदलिँदो शक्ति सन्तुलन, नयाँ राजनीतिक शक्ति र सम्भावनालाई सम्बोधन गर्दै संविधानलाई समयानुकूल विकास र परिमार्जन गर्दै लैजानुपर्ने बताए।