प्रभातफेरी अनलाइन१४ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक गम्भीर सङ्कटबाट गुज्रिरहेको बताएका छन्।
अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाल विदेशी शक्तिको खेलमैदान बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरे।
नेपालले दुई ठूला छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्नेमा जोड दिए। उनले लोकतन्त्र, गणतन्त्र, संविधान र सङ्घीयताको संरक्षण तथा सुदृढीकरणका लागि विचार मिल्ने शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए।