logo
२०८३ आश्विन २, शुक्रबार |
📰
🔍

धुलिखेलमा नेपालकै पहिलो खानेपानी प्रशोधन प्रणाली उद्घाटन

प्रभातफेरी अनलाइन१० पटक पढिएको | १ घण्टा अघि
धुलिखेलमा नेपालकै पहिलो खानेपानी प्रशोधन प्रणाली उद्घाटन

धुलिखेल / धुलिखेल नगरपालिका–२ रविगाउँ, ठाडोखोलामा स्थापना गरिएको नेपालकै पहिलो खानेपानी प्रशोधन प्रणालीको उद्घाटन तथा आयोजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

चिनियाँ विज्ञान प्रतिष्ठान (CAS) अन्तर्गतको Research Centre for Eco-Environmental Sciences (RCEES) ले Alliance of International Science Organizations (ANSO) को करिब २ करोड रुपैयाँ लागत तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (NAST) को प्राविधिक सहयोगमा सञ्चालित परियोजनामार्फत उक्त प्रणाली स्थापना गरेको हो।

असोज २ गते आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत मा मिङ झाङ, NAST का Chief, Faculty of Science डा. बुद्धराम शाह, पूर्वाधार विकास मन्त्रालयका सहसचिव पूर्ण उपाध्याय, RCEES, CAS का Academician-Professor Jiuhui Qu लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा उक्त आयोजना धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगमलाई हस्तान्तरण गरिएको छ।

खानेपानी प्रशोधन प्रणाली सञ्चालनमा आएपछि धुलिखेलमा स्वच्छ खानेपानीको पहुँच विस्तार हुनुका साथै नेपाल–चीनबीच प्रविधि, अनुसन्धान तथा वैज्ञानिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।