logo
२०८३ आश्विन ३, शनिबार |
📰
🔍

आमालाई गुमाएको पीडा गीतमा : भूपेशको ‘मेरी आमा’ सार्वजनिक

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ आश्विन ३, शनिबार
आमालाई गुमाएको पीडा गीतमा : भूपेशको ‘मेरी आमा’ सार्वजनिक

काठमाडौं / गायक भूपेश गिरीले आफ्नी दिवंगत आमा गोमा गिरीको सम्झनामा तयार पारेको गीत ‘मेरी आमा’ सार्वजनिक गर्नुभएको छ।

आमाको स्वास्थ्य अवस्था गम्भीर हुँदै जाँदा चिकित्सकबाट प्राप्त निराशाजनक खबर, छोराको मनमा पलाएको आशा र अन्ततः आमालाई गुमाउनुपरेको पीडालाई गीत तथा म्युजिक भिडियोमार्फत भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। भिडियोमा आमाको माया, बाल्यकालका सम्झना, अस्पतालको पीडा र बिछोडको क्षणलाई कथात्मक रूपमा देखाइएको छ।

गीतका शब्द, संगीत, स्वर र अभिनय भूपेश गिरीकै रहेको छ। भिडियोमा संगम राईले आमाको भूमिका निभाउनुभएको छ भने बाल कलाकार ब्रायन घिमिरेले बाल्यकालका भूपेशको भूमिका निर्वाह गरेका छन्।

राजीव समरको निर्देशनमा बनेको भिडियोको छायांकन रक कौशल, सम्पादन तथा कलर राकेश दाहाल र पोस्ट प्रोडक्सन नोभिस आर्ट्सको रहेको छ। गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सजन शाहले गर्नुभएको हो।

ग्लोबल हायरको प्रस्तुति तथा कुसुम पाठक निर्मात्री रहेको ‘मेरी आमा’ ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएपछि गीत तथा भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

भिडियो लिंक: