प्रभातफेरी अनलाइन१७ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / नक्कली नोट देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक र चितवनको भरतपुर महानगरपालिका–१३ का ४५ वर्षीय कृष्णप्रसाद लामिछाने रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बल्खुबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूले एक व्यक्तिलाई १० लाख रुपैयाँ ल्याए ३० लाख रुपैयाँ दिने भन्दै प्रलोभनमा पारेका थिए। पछि ३० लाख रुपैयाँ भन्दै नक्कली नोट दिएर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।