logo
२०८३ आश्विन ५, सोमबार |
📰
🔍

पक्राउ परेका सबैलाई हत्कडी नलगाउन सर्वोच्चको आदेश

प्रभातफेरी अनलाइन६ पटक पढिएको | १ घण्टा अघि
पक्राउ परेका सबैलाई हत्कडी नलगाउन सर्वोच्चको आदेश

काठमाडौं / सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्था बाहेक पक्राउ परेका व्यक्तिलाई मनमौजी रूपमा हत्कडी नलगाउन प्रहरीलाई आदेश दिएको छ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले भाग्ने, हिंसात्मक व्यवहार गर्ने वा आफू तथा अरूलाई क्षति पुर्‍याउन सक्ने जोखिमको वस्तुनिष्ठ मूल्याङ्कन गरेर अपरिहार्य अवस्थामा मात्रै हत्कडी प्रयोग गर्न आदेश दिएको हो।

अदालतले हत्कडी लगाउनुपर्ने अवस्था आए त्यसको कारणसहित अभिलेख राख्नसमेत प्रहरीलाई निर्देशन दिएको छ। पक्राउ पर्नासाथ सबैलाई हत्कडी लगाउने अभ्यास संवैधानिक तथा कानुनी व्यवस्थाको मर्मअनुकूल नहुने सर्वोच्चको ठहर छ।

हत्कडीको गैरकानुनी प्रयोग भएको दाबी गर्दै विवेक चौधरी, रोशन आउजा र विकास यादवले दायर गरेको रिटमाथि अदालतले यस्तो अन्तरिम आदेश जारी गरेको हो।