logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

तेन्जिङ शेर्पाले दिलाए एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ आश्विन ७, बुधबार
तेन्जिङ शेर्पाले दिलाए एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

काठमाडौँ / जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्।

टोयाहाशी जिम्नेसियममा भएको पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहको कास्य पदक भिडन्तमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन्।

यसअघि सेमिफाइनलमा उनी इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए।