logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

नेपालका घटनाले जलवायु परिवर्तनको चेतावनी वास्तविक भएको देखायो : गुटेरेस

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ आश्विन ७, बुधबार
नेपालका घटनाले जलवायु परिवर्तनको चेतावनी वास्तविक भएको देखायो : गुटेरेस

एजेन्सी / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि नेपालका हिमालबाट दिएको जलवायु परिवर्तनसम्बन्धी चेतावनी अहिलेका घटनाले वास्तविक रूपमा देखाएको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असर तीव्र बन्दै गएको र यसको मूल्य कमजोर तथा कम जिम्मेवार देशहरूले चुकाउनुपरेको बताए।

गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित कमजोर देशहरूले न्याय पाउनुपर्नेमा जोड दिँदै प्रदूषणका लागि बढी जिम्मेवार धनी देशहरूले क्षतिपूर्ति तथा जलवायु वित्तमा योगदान गर्नुपर्ने बताए। उनले जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्सानी सामना गर्न उपलब्ध आर्थिक स्रोत अत्यन्तै न्यून रहेको भन्दै पर्याप्त कोष आवश्यक रहेको पनि उल्लेख गरे।