logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

जापानमा टाइफुन डुजुआनपछि बाढी–पहिरो, ९ जनाको मृत्यु

प्रभातफेरी अनलाइन३२ पटक पढिएको | २०८३ आश्विन ७, बुधबार
जापानमा टाइफुन डुजुआनपछि बाढी–पहिरो, ९ जनाको मृत्यु

एजेन्सी / जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण भएको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन्।

सोमबार कान्तो क्षेत्र र इजु द्वीपसमूहमा रेकर्डस्तरको वर्षा भएपछि टोकियो आसपासका विभिन्न स्थानमा बाढी र पहिरो आएको हो। चिबा प्रिफेक्चरमा ६ जना र कानागावामा ३ जनाको मृत्यु भएको जनाइएको छ।

भारी वर्षापछि चिबा, कानागावा र इबाराकीमा ५०० भन्दा बढी भवन ध्वस्त, क्षतिग्रस्त वा बाढीबाट प्रभावित भएका छन्। चिबा र कानागावाका २४ हजार ७०० भन्दा बढी घरपरिवार विद्युतविहीन भएका छन्। बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी र अग्निनियन्त्रकहरू परिचालन गरिएको छ।