logo
२०८३ आश्विन १३, मंगलबार |
☰
📰
🔍
✕

जबरजस्ती करणीको आरोपमा सुर्खेतबाट ३६ वर्षीय पुरुष पक्राउ

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ आश्विन १३, मंगलबार
जबरजस्ती करणीको आरोपमा सुर्खेतबाट ३६ वर्षीय पुरुष पक्राउ

सुर्खेत / सुर्खेतको लेकबेँसी नगरपालिका–१०, साटाखानीका ३६ वर्षीय तेजबहादुर पल्ली जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार ४२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा उनी सोमबार दिउँसो पक्राउ परेका हुन्।

पीडित महिलाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले पल्लीलाई पक्राउ गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।