logo
२०८३ आश्विन १६, शुक्रबार |
☰
📰
🔍
✕

कान्तिलोकपथमा सुक्खा पहिरो, सडक पूर्ण रूपमा अवरुद्ध

प्रभातफेरी अनलाइन२४ पटक पढिएको | २०८३ आश्विन १४, बुधबार
कान्तिलोकपथमा सुक्खा पहिरो, सडक पूर्ण रूपमा अवरुद्ध

ललितपुर / सुक्खा पहिरो खसेपछि हेटौंडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

ललितपुरको बागमती गाउँपालिका–३ ताकुर्चेमा सुक्खा पहिरो खसेको हो। पहिरोका कारण सडकमा यातायात सञ्चालन हुन सकेको छैन।

पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा राखिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले सडक खुलाउन समस्या भइरहेको ललितपुर प्रहरीले जनाएको छ।