logo
२०८३ आश्विन १५, बिहिबार |
☰
📰
🔍
✕

वीरगञ्जका विद्यालयमा शनिबार र आइतबार अनिवार्य बिदा

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ आश्विन १५, बिहिबार
वीरगञ्जका विद्यालयमा शनिबार र आइतबार अनिवार्य बिदा

वीरगञ्ज / वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई प्रत्येक हप्ता शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन निर्देशन दिएको छ।

केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न यस्तो निर्देशन दिएको हो।

शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध भएअनुसार महानगरले सबै विद्यालयलाई दुई दिन अनिवार्य बिदा दिन ताकेता गरेको शिक्षा तथा खेलकुद मन्त्रालयका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए।

नगर शिक्षा समितिको असोज ५ गतेको निर्णयअनुसार महाशाखाले परिपत्र जारी गर्दै शनिबार र आइतबार बिदा दिँदा विद्यार्थीको पठनपाठन समय तथा वार्षिक कार्यघण्टा नघट्ने गरी आवश्यक व्यवस्थापन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ।

महानगरपालिकाले दैनिक पठनपाठनको समय, वार्षिक शैक्षिक क्यालेन्डर तथा आवश्यक बिदालाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रबाट जारी निर्देशनअनुसार समायोजन गर्न विद्यालयहरूलाई आग्रह गरेको छ।