logo
२०८३ आश्विन १५, बिहिबार |
☰
📰
🔍
✕

संसद्मा उठाइएका राष्ट्रिय मुद्दा सरकारले बेवास्ता गरेको आरेन राईको आरोप

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ आश्विन १५, बिहिबार
संसद्मा उठाइएका राष्ट्रिय मुद्दा सरकारले बेवास्ता गरेको आरेन राईको आरोप

काठमाडौँ / श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संसद्मा उठाइएका राष्ट्रिय मुद्दालाई सरकारले पर्याप्त रूपमा सम्बोधन नगरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राईले आफूहरूले संसद्मा पटक–पटक उठाएका राष्ट्रिय मुद्दामा सरकारले आवश्यक ध्यान नदिएको भन्दै दुःख व्यक्त गरे।

उनले वैदेशिक रोजगारीमा ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था भनिए पनि नेपाली युवाले लाखौँ रुपैयाँ तिरेर विदेश जानुपर्ने अवस्था कायमै रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयनबारे सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै, मुलुकका विभिन्न जिल्लामा देखिएको बाँदर आतङ्कको समस्या समाधानका लागि आफूहरूले सरकारको ध्यानाकर्षण गराउँदै आए पनि बाँदर नियन्त्रण तथा व्यवस्थापनका लागि प्रभावकारी योजना बनाएर कार्यान्वयन हुन नसकेको उनले बताए।

राईले नदी तथा खोला आसपासको अव्यवस्थित बसोबास र सुकुमवासी समस्या समाधानका लागि समेत सरकारले पर्याप्त ध्यान दिन नसकेको भन्दै यसतर्फ गम्भीरतापूर्वक काम गर्न आग्रह गरे।