logo
२०८३ आश्विन १५, बिहिबार |
☰
📰
🔍
✕

रूपन्देहीमा २ करोड ५१ लाखभन्दा बढी मूल्यको सुनसहित एक महिला पक्राउ

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ आश्विन १५, बिहिबार
रूपन्देहीमा २ करोड ५१ लाखभन्दा बढी मूल्यको सुनसहित एक महिला पक्राउ

रूपन्देही / सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले रु २ करोड ५१ लाखभन्दा बढी मूल्यको सुन तथा गरगहना बरामद गरेको छ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी काठमाडौँ महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेललाई जाँच गर्ने क्रममा विभिन्न डिजाइनका गरगहना बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले पटेलको साथबाट हार, औँठी, चुरा, माला, सिक्री, झुम्का, लकेट, पोते, बाली, टप, नाकको फूली, ब्रासलेटलगायतका गरगहना फेला पारेको जनाएको छ।

बरामद गरगहनाको कुल तौल २ किलो ६०५ ग्राम रहेको छ। परीक्षणका क्रममा करिब १ किलो सुन रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गहनाको भित्री भागमा अन्य धातु प्रयोग गरिएको र बाहिरी भागमा सुनको लेपन गरिएको पाइएको छ।

प्रचलित मूल्यअनुसार बरामद सुनको मूल्य रु २ करोड ५१ लाख ९३ हजार ३५० कायम गरिएको छ। बरामद गरगहना र पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देही पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।