logo
२०८३ आश्विन १४, बुधबार |
☰
📰
🔍
✕

इन्द्रजात्रा समापन समारोहमा राष्ट्रपति पौडेलद्वारा कुमारीको दर्शन

प्रभातफेरी अनलाइन२६ पटक पढिएको | २०८३ आश्विन १४, बुधबार
इन्द्रजात्रा समापन समारोहमा राष्ट्रपति पौडेलद्वारा कुमारीको दर्शन

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गर्नुभएको छ।

राष्ट्रपति पौडेलले कुमारीका साथै श्री भैरव र श्री गणेशको समेत दर्शन गर्नुभयो। सो अवसरमा उहाँले कुमारीबाट टीका, फूल तथा प्रसाद ग्रहण गर्नुभयो।

प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध शमशेरको सालिकदेखि कुमारी घरसम्म पैदल पुग्नुभएको थियो।