प्रभातफेरी अनलाइन२६ पटक पढिएको | २०८३ आश्विन १४, बुधबार
काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकले चारवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
बैठकमा कानुनमन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। यस्तै, कृषिमन्त्री गीता चौधरीले राष्ट्रियसभाबाट उत्पत्ति भएको सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। चारवटै प्रस्ताव बैठकबाट सर्वसम्मतिले स्वीकृत भएका हुन्।