प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ आश्विन १७, शनिबार
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज अपराह्न ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा बस्दैछ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनलगायत विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले बताएका छन्।
त्यस्तै, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान र मधेस प्रदेश संगठनको ‘अडिट’ प्रतिवेदनमाथि पनि छलफल हुने कार्यसूची रहेको छ।