logo
२०८३ आश्विन २३, शुक्रबार |
☰
📰
🔍
✕

शिक्षकलाई सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ब्याज सहुलियत दिने तयारी

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ आश्विन २३, शुक्रबार
शिक्षकलाई सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ब्याज सहुलियत दिने तयारी

काठमाडौँ । सरकारले शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था गर्न लागेको छ। यससम्बन्धी प्रावधान समेटिएको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ शिक्षा मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावअनुसार बैंकमार्फत सवारीसाधन खरिद गर्दा लाग्ने वित्तीय किस्ताको ब्याजमा सरकारले लागत रकमको ८० प्रतिशतसम्म सहुलियत उपलब्ध गराउनेछ।

सवारीसाधन खरिदको अधिकतम सीमा शिक्षकको तह र श्रेणीअनुसार फरक राखिएको छ। माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न पाउने प्रस्ताव गरिएको छ।

त्यस्तै, माध्यमिक तहका तृतीय श्रेणीका शिक्षक तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्नेछन्।

शिक्षा तथा खेलकुद मन्त्रालयले अघि बढाएको यो प्रस्ताव अर्थ मन्त्रालयको सहमतिपछि थप प्रक्रियामा जानेछ। प्रस्तावित व्यवस्थाले शिक्षकलाई सवारीसाधन खरिदका लागि वित्तीय सहुलियत उपलब्ध गराउने लक्ष्य राखेको छ।