logo
२०८३ आश्विन २५, आईतबार |
☰
📰
🔍
✕

ममता काफ्ले हत्याकाण्ड: ‘झूटो’ श्रीमानको डिजिटल र फरेन्सिक प्रमाणले हल्लियो अदालत!

प्रभातफेरी अनलाइन० पाठक संख्या | २४ मिनेट अघि
ममता काफ्ले हत्याकाण्ड: ‘झूटो’ श्रीमानको डिजिटल र फरेन्सिक प्रमाणले हल्लियो अदालत!

एजेन्सी /अमेरिकाको भर्जिनियामा भइरहेको नेपाली नर्स ममता काफ्ले भट्ट हत्याकाण्डको अदालती सुनुवाइमा सरकारी वकिलहरूले नरेश भट्ट विरुद्ध अचम्मका र डरलाग्दा प्रमाणहरू पेश गरेका छन्।

गुगल सर्च (Google Searches) को डरलाग्दो सत्य:
हत्या हुनुअघि नरेशको फोनबाट गरिएका सर्चहरूले यो अपराध पूर्वयोजनाबद्ध थियो भन्ने बलियो प्रमाण दिएका छन्:

* “भर्जिनियामा डिभोर्सको प्रक्रिया चल्दाचल्दै जीवनसाथी बेपत्ता भएमा सम्पत्ति के हुन्छ?”
* “श्रीमतीको मृत्युपछि कति चाँडो अर्को विवाह गर्न मिल्छ?”
* श्रीमतीको मृत्युपछि ऋण कसको टाउकोमा सर्छ भन्ने सम्बन्धी कानुन।

रगतको दाग र हत्यामा प्रयोग भएको हतियार:

* लुकाइएको आरी (Saw): नरेशले एक स्थानीय कामदारलाई ‘फालिदिनु’ भनी दिएको इलेक्ट्रिक आरी (Reciprocating Saw) पुलिसले फोहोर फाल्ने ठाउँबाट बरामद गरेको थियो। फरेन्सिक जाँच गर्दा उक्त आरीमा ममताको रगत र डीएनए (DNA) फेला परेको छ।
* घरभित्र रगतको भेल: केमिकल (Blue Star) परीक्षण गर्दा बेडरुम र बाथरुमभरि ममताको रगत छरिएको भेटिएको छ, जसलाई नरेशले सफा गर्ने प्रयास गरेका थिए।
* फोहोरका डब्बाहरूमा प्रमाण: सिसिटिभी फुटेजमा नरेशले भर्जिनियाका विभिन्न ठाउँमा पुगेर फोहोरका डब्बाहरूमा कसिङ्गर फाल्ने ठूला ब्यागहरू फ्याँकेको देखिएको छ, जसमध्ये एउटा ब्यागमा रगत लत्पतिएको बाथ म्याट भेटिएको थियो।

⚖️ अदालतमा के हुँदैछ?
अदालतमा १७ सदस्यीय जूरी चयन भइसकेको छ। ममताकी आमा गीता काफ्लेले नेपालबाट पुगेर अदालतमा रोँदै बयान दिएकी छिन्। उनले जुलाई २०२४ मा ममता बेपत्ता हुनु अघिसम्म दिनहुँ कुरा हुने गरेको तर नरेशले नियन्त्रण र यातना दिने गरेको खुलासा गरिन्।
यता नरेशका वकिलहरू (Defense) ले भने ममताको शव अझै फेला नपरेकाले हत्याको ठोस प्रमाण नभएको र यो केस केवल शंकाको भरमा अघि बढाइएको दाबी गरिरहेका छन्। यो ऐतिहासिक सुनुवाइ प्रिन्स विलियम काउन्टी अदालतमा करिब ७ हप्तासम्म चल्ने अनुमान गरिएको छ।

छोरी ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भ’क्कानिइन् आमा गीता,क’ठघ’रामा उभिएका अभियुक्त नरेश भट्ट स्वयं पनि आफ्ना आँखा र नाक पुछ्न बा’ध्य भए

अदालतमा आमा दिएको भावुक एवं महत्त्वपूर्ण बयान अंश:

अदालत (अत्यन्त गम्भीर स्वरमा): “तपाईं यति टाढा भर्जिनियाको अदालतसम्म किन आउनुभयो?”

गीता काफ्ले (रुँदै, थरथराउँदो स्वरमा): “मेरो कलेजाको टुकुरा… मेरो छोरी बे’पत्ता छिन्! म त केवल आफ्नी छोरीलाई खोज्न र फर्काउन आएकी हुँ।”

सरकारी वकिल: “के जुलाई ३०, २०२४ पछि ममताले तपाईंलाई फोन वा म्यासेज गर्नुभएको छ? उहाँको केही खबर पाउनुभयो?”

गीता काफ्ले (आँसु पुछ्दै): “छैन… त्यो कालो दिनपछि मेरो छोरीको एउटा शब्द पनि सुन्न पाएकी छैन।”

सरकारी वकिल: “उनी बे’पत्ता भएयता तपाईंले उहाँलाई कतै देख्नुभएको वा भेट्नुभएको छ?”

गीता काफ्ले (टाउको हल्लाउँदै): “छैन, कतै देखेकी छैन…”

सरकारी वकिल: “अहिले उनी कहाँ छिन्? कस्तो अवस्थामा छिन्? तपाईंलाई केही थाहा छ?”

गीता काफ्ले (भक्कानिँदै): “मलाई केही थाहा छैन! मलाई मेरी छोरी कहाँ छिन्, कस्ती छिन् केही थाहा छैन…”

सरकारी वकिल: “तपाईंहरूबिचको सम्बन्ध र ममताको बानी सम्झिँदा, के उनी तपाईंलाई नभनी, बे’खबर भएर कतै जाने खालकी थिइन्?”

गीता काफ्ले (छातीमा हात राख्दै): “अहँ, कहिल्यै होइन! उनी मलाई नभनी, मलाई यसरी त’ड्पा’एर कतै जानै सक्दिनन्!”

इजलासको वातावरण:

आमाको यो बे’दनापू’र्ण चि’त्कार र निरन्तर ब’गेको आँसुले सिङ्गो अदालत कक्ष स्त’ब्ध र भा’वुक बनेको थियो। इजलासमा उपस्थित सबैका आँखा र’साएका थिए भने क’ठघ’रामा उभिएका अभियुक्त नरेश भट्ट स्वयं पनि आफ्ना आँखा र नाक पुछ्न बा’ध्य भए।

आमाको यो असीम शोक र मातृस्नेह अगाडि बचाउ पक्षका वकिलहरू पनि नतमस्तक बने-उनीहरूले कुनै प्रतिप्रश्न वा जिरह नगरी केवल मौन सहानुभूति मात्र प्रकट गरे।