प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
इलाम / इलाममा आज बिहान बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
देउमाई नगरपालिका–१, चमैतास्थित चौरीबजारतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी देउमाई नगरपालिका–१, चमैताका २१ वर्षीय चालक विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।