प्रभातफेरी अनलाइन३ पटक पढिएको | १७ मिनेट अघि
काठमाडौँ / सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग अमेरिकी तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन र संसदीय सहकार्यलगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
सो अवसरमा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी बाढीबाट उत्पन्न विपद् व्यवस्थापनमा अमेरिकाले देखाएको ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा प्रभावित क्षेत्रको उत्थानशीलता बढाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिए।