प्रभातफेरी अनलाइन१ पटक पढिएको | १४ मिनेट अघि
काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्दै जनताको विश्वास कायम राख्न आफूहरू प्रयत्नशील रहेको बताएका छन् ।
नेपाली कांग्रेस म्याग्दे गाउँकार्य समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले जनतामा अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास रहेको उल्लेख गरे ।
महामन्त्री पौडेलले पार्टीलाई एकताबद्ध बनाउँदै राष्ट्रिय जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । उनले लोकतन्त्र र कानुनी राज्यप्रति जिम्मेवार हुँदै जनताले कानुनी राज्यको अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने बताए ।
आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा गठबन्धन नगर्ने स्पष्ट पार्दै पौडेलले आफूहरूलाई सत्ताको लोभ नभएको बताए । उनले जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्दै पार्टीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्ने धारणा व्यक्त गरे ।