प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २ मिनेट अघि
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ का लागि कक्षा ९ मा अध्ययनरत विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने सूचना जारी गरेको छ।
बोर्डका अनुसार शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेसम्म प्रतिविद्यार्थी ३०० रुपैयाँ राजस्व शुल्क बुझाएर रजिस्ट्रेशन फारम भर्न सक्नेछन्।
त्यस्तै, एसईई २०८४ का लागि नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यार्थीले कात्तिक १ गतेदेखि मङ्सिर ८ गतेसम्म ५०० रुपैयाँ परीक्षा दस्तुर बुझाएर परीक्षा आवेदन फारम भर्न सक्ने बोर्डले जनाएको छ।