logo
२०८३ कार्तिक १५, आईतबार |
☰
📰
🔍
✕

आज एनपीएलमा जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ कार्तिक १५, आईतबार
आज एनपीएलमा जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ / जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा जनकपुरले एक खेलमा जित र एकमा हार बेहोरेको छ भने पोखराले पहिलो खेलमै पराजय व्यहोरेको थियो। जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो।

यता पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।