logo
२०८३ कार्तिक १६, सोमबार |
☰
📰
🔍
✕

एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ कार्तिक १६, सोमबार
एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम

काठमाडौँ / नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई सहज बनाउन तथा उपभोक्ताको हित प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन यस्तो नीति लिइएको हो।

यसका लागि निगमले सबै एलपी ग्यास उद्योगलाई पत्राचार गर्दै एकापसमा गाभिने कार्ययोजना तयार गरी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।