logo
२०८३ कार्तिक १७, मंगलबार |
☰
📰
🔍
✕

सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रबाट १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामान बरामद

प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ कार्तिक १६, सोमबार
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रबाट १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामान बरामद

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार बनेयता २०८३ कार्तिक १२ गतेसम्म सशस्त्र प्रहरी बलले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख रुपैयाँभन्दा बढीको अवैध सामग्री बरामद गरेको छ।

यस अवधिमा १७ नाल अवैध हतियार बरामद हुनुका साथै लागूऔषध कारोबारमा संलग्न ४२१ जना र हतियारसहित आठ जना पक्राउ परेका छन्।

त्यस्तै, मानव बेचबिखनको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ भने यसमा संलग्न ९१ जना पक्राउ परेका छन्। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका रहेका छन्।

सीमा अतिक्रमण नियन्त्रणअन्तर्गत दशगजाका ३५ स्थानका २३७ संरचना हटाइनुका साथै १७ स्थानको ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ।

यस अवधिमा सीमावासीसँगको सम्बन्ध र जनचेतना अभिवृद्धिका लागि २ हजार ८०६ कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।