प्रभातफेरी अनलाइन१४ पटक पढिएको | १ घण्टा अघि
बझाङ / बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ स्थित काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार चालक बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको जिपको भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।