प्रभातफेरी अनलाइन४ पटक पढिएको | १४ मिनेट अघि
काठमाडाैं / नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।
आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धका विविध पक्ष, आपसी हित तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।