प्रभातफेरी अनलाइन१ पटक पढिएको | १ मिनेट अघि
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्था तथा चाडपर्वमा नागरिकको सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक मनोज केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी हुनुभएको थियो।
प्रधानमन्त्री शाहले नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न तथा अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। साथै, सुरक्षा निकायबीच समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउनसमेत उहाँले जोड दिनुभएको छ।