प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ कार्तिक २१, शनिबार
काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा लक्ष्मीपूजाको दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ।
प्राधिकरणका अनुसार उक्त समयमा आन्तरिक विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ। मागभन्दा उत्पादन बढी हुने भएकाले लक्ष्मीपूजामा विद्युत् अभाव नहुने प्राधिकरणले जनाएको छ।