logo
२०८३ कार्तिक २२, आईतबार |
☰
📰
🔍
✕

तिहारको झिलिमिलीले २०७३ सालअघिका अँध्यारा दिन सम्झायो : कुलमान घिसिङ

प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ कार्तिक २२, आईतबार
तिहारको झिलिमिलीले २०७३ सालअघिका अँध्यारा दिन सम्झायो : कुलमान घिसिङ

काठमाडौँ / उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको झिलिमिली बत्ती देख्दा २०७३ सालअघिका लोडसेडिङका अँध्यारा दिनहरू सम्झिने गरेको बताएका छन्।

तिहारको शुभकामना सन्देश दिँदै उनले नागरिकको साथ, विश्वास र दृढ संकल्पले नेपाललाई लोडसेडिङमुक्त बनाउन सम्भव भएको उल्लेख गरेका छन्।

उनले अब भ्रष्टाचार, गरिबी, बेथिति, बेरोजगारी, अन्याय र निराशाको अँध्यारो हटाउँदै सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माण गर्ने संकल्पसमेत व्यक्त गरेका छन्।