logo
२०८३ कार्तिक २९, आईतबार |
☰
📰
🔍
✕

कर्णाली याक्सद्वारा चितवन राइनोज २४ रनले पराजित

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | कार्तिक २९, २०८३ | आईतबार
कर्णाली याक्सद्वारा चितवन राइनोज २४ रनले पराजित

काठमाडौं / हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ।

यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। सुरुवाती दुई खेल जितेको कर्णाली त्यसपछिका लगातार चार खेलमा पराजित भएको थियो।