प्रभातफेरी अनलाइन१८ पटक पढिएको | कार्तिक २९, २०८३ | आईतबार
गण्डकी / गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा अक्टोबर महिनामा ४१ हजार ७५८ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ४ हजार ६८२ ले बढी हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत वर्ष अक्टोबरमा ३७ हजार ७६ जना विदेशी पर्यटक आएका थिए। यस वर्ष आएका पर्यटकमध्ये १९ हजार २०७ जना दक्षिण एसियाली मुलुकका रहेका छन् भने बाँकी अन्य देशका हुन्।
मुख्य पर्यटकीय याम भएकाले अक्टोबर र नोभेम्बरमा पर्यटकको आगमन बढ्ने गरेको आयोजनाले जनाएको छ। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र घोडेपानीलगायत गन्तव्य विदेशी तथा आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएका छन्।