logo
२०८३ मंसिर १, मंगलबार |
☰
📰
🔍
✕

सभामुख डोलप्रसाद अर्यालद्वारा मधेश आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण

प्रभातफेरी अनलाइन११ पटक पढिएको | कार्तिक ३०, २०८३ | सोमबार
सभामुख डोलप्रसाद अर्यालद्वारा मधेश आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं /सभामुख डोलप्रसाद अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुगेर मधेश आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सोमबार उनले सहिदहरूको सम्मानमा स्मारकमा पुष्पहार अर्पण गर्दै उनीहरूको त्याग, बलिदान र योगदानको स्मरण गरेका हुन्। सो अवसरमा उनले सहिदहरूले देखेको समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको संकल्प सबैले आत्मसात् गर्नुपर्ने बताए।