logo
२०८३ मंसिर १, मंगलबार |
☰
📰
🔍
✕

राष्ट्रपति पौडेल समक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतद्वारा शपथ ग्रहण

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | कार्तिक ३०, २०८३ | सोमबार
राष्ट्रपति पौडेल समक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतद्वारा शपथ ग्रहण

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा भारतका लागि नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णले शपथ ग्रहण गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलसमक्ष तीनै जना नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

उक्त शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।