logo
२०८३ मंसिर ३, बिहिबार |
☰
📰
🔍
✕

२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | मंसिर ३, २०८३ | बिहिबार
२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न

काठमाडौं / नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै बिहीबार सम्पन्न भएको छ।

बुधबारदेखि सुरु भएको भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी तथा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेलले विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए।

करिब ३ हजार ४१४ प्रतिनिधि सहभागी भेलाले आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्ने तथा सरकारका स्वेच्छाचारी गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहने संकल्प गरेको छ।

पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले प्रस्तुत गरेको २१ बुँदे संकल्प प्रस्ताव भेलाले अनुमोदन गरेको हो ।